काठमाडौं ।
भारतीय जनता पार्टी (भाजपा) नेता सुब्रमण्यम स्वामीले भारतीय सत्ता नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेको बताएका छन् ।
भाजपाका वरिष्ठ नेता एवम् राज्यसभा सांसद समेत रहेका स्वामीले ओली भारतको ‘रोजाइ’ भएको पनि बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० प्रधानमन्त्री भएभने चीनको जीत हुनेपनि स्वामीले उल्लेख गरेका छन् ।
विभिन्न टिप्पणी र अभिव्यक्तिबाट चर्चा र विवादमा आइरहने स्वामीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालबारे मेरो जानकारीमा भएअनुसार ओली भारतको रोजाइ हुन्, प्रचण्ड प्रधानमन्त्री भए भने चीनको जीत हुन्छ ।’
प्रतिनिधि सभामा विश्वासको मत पाउन नसकेर प्रधानमन्त्री ओली पदमुक्त भएको र उनको सरकार कामचलाउ बनेसँगै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेको भोलिपल्ट, मंगलबार अपरान्ह स्वामीले ट्वीटरमा यस्तो टिप्पणी गरेका हुन् ।
प्रतिक्रिया