काठमाडौं ।
एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नर्भिक अस्पतालबाट घर फर्किएका छन् । कोभिड– १९ संक्रमित भएपछि खनाल गत १८ वैशाखमा नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएका थिए । खनाल स्वस्थ भई डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।
खनाल गत २६ वैशाखमा कोभिड– १९ संक्रमणमुक्त भएका थिए । स्वस्थ भएपछि चिकित्सकको सल्लाहअनुसार खनाल मंगलबार डिस्चार्ज भएका हुन् ।
डा। जेपी जैसवाल र डा. बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको समूह खनालको उपचार खटिएको थियो ।
प्रतिक्रिया