१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बेलझुण्डी अस्पतालमा थप ८ संक्रमितको मृत्यु, पाँच मिनेटमै बिते तीन जना



दाङ ।
कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा थप ८ जनाको मृत्यु भएको छ। ५ मिनेटको फरकमा मात्रै ३ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ। मृत्यु हुनेहरुमा तुलसीपुरका ५ जना, घोराही उपमहानगरका १ जना, गढवा गाउँपालिकाका १ जना र दंगीशरण गाउँपालिकाका १ जना रहेका अस्पतालले जनाएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं १९ का ५२ वर्षीय पुरुषको सोमबार साँझ पौने ९ बजे, वडा नंं ६ का ७६ वर्षीय पुरुषको राति १० बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिए। त्यस्तै तुलसीपुर १७ की ५० वर्षीया महिलाको मंगलवार बिहान पौने ७ बजे, वडा नं १२ का २७ वर्षीया पुरुषको मध्याह्न साढे १२ बजे, वडा नं ४ की ७० वर्षीया महिलाको दिउँसो २ बजे मृत्यु भएको उनले जानकारी दिए। यसैगरी घोराही उपमहानगरपालिका १३ का ४४ वर्षीय पुरुषको मंगलबार मध्याह्न १२ः३५ बजे, गढवा गाउँपालिका(४ का २५ वर्षीय पुरुषको बिहान ८ः२० बजे र दंगीशरण गाउँपालिका(३ का ३१ वर्षीय पुरुषको मध्याह्न १२ः२५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति : २८ बैशाख २०७८ मंगलबार ००:००  ४ : ३७ बजे