१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

भारतमा कोरोना संक्रमण घट्दैः संक्रमित हुने भन्दा डिस्चार्ज हुनेको संख्या धेरै



काठमाडौँ ।

भारतमा पछिल्लो चौबिस घण्टामा ३ लाख २९ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। केन्द्रीय स्वाथ्य मन्त्रालयका अनुसार एकै दिन ३ लाख २९ हजार ९४२ संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार यो अवधिमा ३ हजार ८ सय ७६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ४९ हजार ९९२ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ।

कुल संक्रमितको संख्या २ करोड २९ लाख ९२ हजार भन्दा धेरै पुगेको छ। पछिल्लो पटक ३ लाख ५६ हजार ८२ जना संक्रमणमुक्त भएसँगै कुल संक्रमणमुक्त हुनेको संख्या भारतमा १ करोड ९० लाख २७ हजार भन्दा धेरै पुगेको छ। अहिले भारतमा ३७ लाख १५ हजार २ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका छन्। भारतमा अहिलेसम्म १७ करोड २७ लाख भन्दा धेरै मानिसहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ।

प्रकाशित मिति : २८ बैशाख २०७८ मंगलबार ००:००  १ : ४४ बजे