१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आफूले गल्ती गरेर दोष अरूलाई थुपार्न पाइँदैन, यो सरकार पूर्ण असफल छः देउवा



काठमाण्डौ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरूमाथि दोष थोपरेर प्रधानमन्त्री केपी शर्मा ओली भाग्न नपाउने बताउनुभएको छ । अहिलेको अवस्था आउनुको एकमात्र कारण केपी शर्मा ओली रहेको भन्दै सभापति देउवाले दोष र गुनासो थोपरेर प्रधानमन्त्री ओली भाग्न नपाउने बताउनुभएको हो । सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले मानिस जिम्मेवारीबाट भाग्न सक्ने तर आफैँबाट भाग्न नसक्ने भन्दै उहाँले एक पटक छातीमा हात राखेर मनन गर्न आग्रह गर्नुभयो ।

देश र नागरिकका लागि काम गर्न प्रधानमन्त्री ओलीलाई कसैले नरोकेको भन्दै उहाँले सरकारले कोरोना रोकथाममा कुनै काम गर्न नसकेको बताउनुभयो । नेपाली कांग्रेसले सरकारलाई काम गर्न हरेक अवस्थामा सहयोग गर्न तयार रहेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गर्दै अघि बढेको बताउनुभयो । प्रतिनिधि सभा विघटन गरेर केपी शर्मा ओलीले असंवैधानिक काम गरेको भन्दै सभापति देउवाले सर्वोच्चको फैसलापछि नै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने भए पनि त्यसो नगरेको बताउनुभयो । राज्यको महत्त्वपूर्ण वा सरकारका विभाग आपूमार्फत राख्ने प्रवृत्ति प्रधानमन्त्री ओलीले अघि बढाएको समेत उहाँले आरोप लगाउनुभयो ।

प्रकाशित मिति : २७ बैशाख २०७८ सोमबार ००:००  ३ : २४ बजे