काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । आफुविरुद्ध दर्ता भएको अविश्वासको मतविरुद्ध बहुमत पुर्याउन नसक्ने भएपछि उनले राजीनामा दिएका हुन् ।
प्रदेश प्रमुख सीता पौडेललाई उनले राजीनामा दिएका हुन् । अविश्वासको मतमा सोमबार मतदान हुँदैछ ।मुख्यमन्त्रीले राजीनामा दिएसँगै सबै मन्त्रीहरु पदमुक्त भएका छन् । १२ दिन अघि युवा तथा खेलकुद मन्त्री नियुक्त भएका दीपक मनाङे९राजीव गुरुङ० समेत पदमुक्त भएका छन् ।
मन्त्री नियुक्त भएकै दिन दुई हप्तामै यो सरकार ढल्न सक्ने उनले बताएका थिए । प्रदेश प्रमुख पौडेलले राजीनामा स्वीकृत गरेर तीन दिनभित्र नयाँ सरकार गठनका लागि समय दिएकी छिन् ।
प्रतिक्रिया