बुटवल ।
रुपन्देहीमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना भएका बुटवल उपमहानगरपालिकाका दुई जना महिला र तिलोत्तमा नगरपालिकाका एक महिला र एक पुरुष गरी चार जनाको मृत्यु भएको छ ।
शनिबार कोरोना संक्रमण पुष्टि भएकी तिलोत्तमा–१ की ४५ वर्षीया महिलाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा आइतबार दिउँसो ३ बजे मृत्यु भएको हो ।
यस्तै वैशाख २४ गते कोरोना पोजेटिभ देखिएका तिलोत्तमा–३ का ४० वर्षीय पुरुषको आइतबार मध्यान्ह १२ः२१ बजे अस्पतालको इमर्जेन्सीमै मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
यस्तै वैशाख २५ गते कोरोना संक्रमण पुष्टि भई इमर्जेन्सीमा भर्ना भएकी बुटवल–८ की ६५ वर्षीया महिलाको आइतबार मध्यान्ह ११ः२० मा मृत्यु भएको हो ।
यसैगरी वैशाख २४ मा कोरोना पोजेटिभ देखिएपछि प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी बुटवल–३ की ७४ वर्षीया महिलाको शनिबार राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या २६८ पुगेको छ ।
प्रतिक्रिया