काठमाडौं ।
नेपालमा पछिल्लो २४ घन्टामा थप ८४१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा शनिबार थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार १७ हजार ३१५ जनाको पिसीआर परीक्षणबाट ८ हजार २ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो भने ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमित समेत गरी नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ । जसमध्येका २ लाख ९८ हजार ७६५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भइसकेका छन् भने देशभर हाल ८३ हजार ४९३ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ३७० जना संक्रमित संक्रमण मुक्त (निको) भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ५३ जनको मृत्यु भएको छ । विभिन्न अस्पतालमा उपचररत उनीहरुको गत २४ घण्टाभित्र मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ६३२ पुगेको छ । यस्तै काठमाडौं उपत्यकामा एकै दिन ३ हजार १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार २ सय ७० छन् । यस्तै, ललितपुरमा ४ सय ६२ र भक्तपुर जिल्लामा ३ सय ८१ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया