काठमाण्डौ ।
सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिण्डर ल्याउने भएको छ । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले २० हजार खाली सिलिण्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिण्डर ल्याउने निर्णय गरेको हो । सिलिण्डर ल्याउनका लागि पर्सि नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको छ ।
बीस हजारमध्ये दुई हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने छ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले निःशुल्क ती सिलिण्डर ल्याउन थालेको हो । कोरोनाको संक्रमण बढेसँगै नेपालमा अहिले अक्सिजनको माग बढेको छ । तर, सिलिण्डर अभाव हुँदा बिरामीको उपचार प्रभावित हुँदै आएको छ ।
सरकारले स्वास्थ्य क्षेत्र बाहेकमा अक्सिजन सिलिण्डर प्रयोग भएको भए फिर्ता गर्न आग्रह गर्दै आएको छ भने यस्ता सिलिण्डर सङ्कलनका लागि अभियान पनि सुरु भएको छ ।
प्रतिक्रिया