मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले कोरोना संक्रमितको उपचारमा निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ । नगरपालिका भित्रका कोरोना संक्रमितलाई अस्पताल वा आइशोलेसन सेन्टरसम्म ल्याउन र लैजान लाग्ने शुल्क नगरपालिकाले तिर्ने निर्णय गरेको हो ।
शुक्रबार कपिलवस्तु उद्योग बाणिज्य सघंको भवनमा बसेको बैठकले नगरपालिका भित्रका ६ वटा एम्बुलेन्स मध्य पिपरा अस्पतालको एमबुलेन्सलाई कोरोना संक्रमितको उपचारमा निशुल्क लगाउने र अन्य ५ एम्बुलेन्सलाई मतहतमा ल्याई सम्पर्कमा रहन, बढि रकम असुरेको पाइएमा कारबाही समेत गर्ने निर्णय भएको बाणगंगा नगरपालिकाका उप-प्रमुख चक्र अर्यालले बताए ।
यसैबीच बाणगंगा नगरपालिका वडा नं. २ का वडाध्यक्ष तथा नगर प्रवक्ता बिष्णु पौडेल संयोजक रहने गरि नगर भित्रका अन्य ५ एम्बुलेन्स सञ्चालन गर्दै आएका संस्थाका अध्यक्ष तथा प्रमुख सदस्य रहने गरि एम्बुलेन्स ब्यवस्थापन समिति समेत गठन गरिएको छ ।
साथै बैठकले नगरपालिका भित्रका सबै क्षेत्रबाट अक्सिजन सिलिण्डर ग्यास जम्मा गर्ने कार्यलाई गप तिव्रता दिने र एकद्धार प्रणालीबाट बितरण गर्ने उनले बताए ।
सो अवसरमा वडा नं. २ का वडाध्यक्ष पौडल, वडा नं. ४ का वडाध्यक्ष गशेण क्षेत्री, कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरे, निबर्तमान अध्यक्ष उमानाथ पौडेल, बाणगंगा यातायात ब्यवसायी समितका अध्यक्ष बिष्णु प्रसाद न्यौपाने, सिद्धार्थ सामाजिक बिकास संस्थाका तेज प्रसाद आचार्य, बाणगंगा नगरपालिकाका प्रशासन प्रमुख केशवराज भट्टराई, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल लगायतले आ-आफनो धारणा राखेका थिए ।
प्रतिक्रिया