१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पीसीआर परीक्षणका लागि स्वाव दिन पालो कुर्दाकुर्दै लाइनमै मृत्यु



बाँके ।

बाँकेको कोहलपुर नगरपालिका ५ का ५९ वर्षीय पुरुषको पीसीआर परीक्षणका लागि स्वाव दिन अस्पतामा पालो कुर्दाकुर्दै लाइनमै ज्यान गएको छ ।

शुक्रबार ३ बजेतिर नेपालगञ्ज मेडिकल कलेज कोलहपुरमा परिवारले बिरामी ल्याएर अस्पताल प्रांगणमा पीसीआर स्वाव दिन पालो पर्खेका थिए । पीसीआरका लागि स्वाव दिन कुर्दाकुर्दै बिरामीको मृत्यु भएपछि आफन्तले रिक्सामा राखेर कालो प्लाष्टिकले बेरेर शव घर लगेको तस्बिर कोहलपुर मेडिकल कलेज नेपालगञ्जका डा। देवेन्द्र आचार्यले खिचेका छन् । उनले फेसबुक पोष्टमा संक्रमितको अवस्था दिनानु दिन बढ्दै गएकाले मनोबल बढाउन अनुरोध समेत गरेका छन् । सास फेर्न गाह्रो भएपछि उनी अस्पताल पुगेका थिए । तर स्वाब दिने पालो नआउँदै उनको मृत्यु भएको अस्पतालका एक चिकित्सक बताउँछन् ।

‘३–४ दिनदेखि उनलाई ज्वरो आउने, टाउको दुख्ने भएको रहेछ । स्थानीय मेडिकलबाटै औषधि लगेर खाँदा पनि निको नभएपछि आज मात्रै उनी अस्पताल आएका रहेछन्,’ शुक्रबार उनले भने, ‘अस्पतालमा स्वाब दिने आउनेको ठूलै भिड थियो । सबै बिरामी उस्तै भएका कारण उनी पनि लाइनमा थिए । लाइनमा बस्दाबस्दै उनी ढले ।’

प्रकाशित मिति : २४ बैशाख २०७८ शुक्रबार ००:००  ६ : २२ बजे