१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोनाको कारण कपिलवस्तुमा दुई घण्टाभित्र दुई प्रध्यानाध्यापकको निधन, प्याब्सन स्तब्ध !



मायादेवी अनलाइन, जितपुर ।

कोरोना संक्रमणका कारण कपिलवस्तुमा एकैदिन २ जना प्रध्यानध्यापकको निधन भएको छ । जिल्लाको शिवराज नगरपालिकामा अवस्थित फफुरी इंग्लिस बोर्डिङ स्कूलकी प्रिन्सिपल फराह चौहान र गोल्डेन पार्क चिल्ड्रेन्ज एकेडमीका प्रिन्सिपल गोपाल पाठकको ज्यान गएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

उनीहरु दुवैको शिवराज नगरपालिकाले तयार पारेको आइसोलेसनमा निधन भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

शिवराज नगरपालिका ५ निवासी ३६ बर्षीय पाठकको शुक्रबार बिहान ९ बजे निधन भएकोमा फफुरीकी प्रिन्सिपल चौहानको पनि बिहान १० बजे शिवराजकै आइसोलेसनमा मृत्यु भएको घिमिरेले बताउनु भयो ।

स्व. पाठक कपिलवस्तु नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का सचिब समेत हुनुहुन्थ्यो । यसैबीच जिल्ला सचिव र एक जना प्रिन्सिपलको कोरोनाका कारण ज्यान गएपछि प्याब्सन जिल्ला समिति स्तब्ध भएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८ शुक्रबार ००:००  ५ : १५ बजे