१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

उर्जा मन्त्री टोपबहादुर रायमाझी कोरोना मुक्त



बिष्णु कुमार आले, अर्घाखाँची ।
उर्जा तथा जलश्रोत मन्त्री टोपबहादुर रायमाझी कोरोना मुक्त भएका छन् । लक्षण देखिएको आधारमा राष्ट्रिय सरूवा रोग अस्पताल टेकु काठमाडौंमा बैशाख १३ गते पिसिआर स्वाव जाँच गर्दा कोरोना पुष्टि भएको थियो ।

मन्त्री रायमाझीको आज ११ दिन पछि बिहिबार कोरोना रिपोर्ट नेगेटिभ आएको उनका सोकिय सचिव लिला जिसीले जानकारी दिए ।

पिसिआर जाँच गर्दा मन्त्री रायमाझीको श्रीमती योगमाया रायमाझी ,छोरा सन्दिप रायमाझी ,छोरी सन्ध्या रायमाझी, ज्वाइँ बद्री थापा र निजी सचिव नारायण खत्रीलाई पनि कोरोना पुष्टि भएको थियो । बिहिबार मन्त्री रायमाझी सहित उनका चार जना सदस्य कोरोना मुक्त भएका छन् । मन्त्री रायमाझीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७८ बिहिबार ००:००  ८ : १४ बजे