१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बैशाख ३१ सम्म बैंक तथा वित्तिय संस्था बन्द गर्ने वाणगंगाको निर्णय



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले बैशाख ३१ गतेसम्म बैंक तथा वित्तिय संस्था बन्द गर्ने निर्णय गरेको छ ।

नयाँ भेरियन्ट सहितको कोरोना भाइरस कोभिड १९ को प्रकोप नगरपालिका भित्र बढेको र अन्य जिल्ला र स्थानीय तहरुबाट सेवाग्राहीको चाप नगरमा बढेको भन्दै वाणगंगाले बैंक तथा वित्तिय संस्था बन्द गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख मंगल प्रसाद थारुद्धारा हस्ताक्षरित विज्ञप्तिमा यही बैशाख २४ गतेदेखि ३१ गतेसम्म बैंक तथा वित्तिय संस्था बन्द हुने उल्लेख छ ।

साथै एटीएम तथा विद्युतीय माध्यमबाट हुने बैकिङ सम्बन्धी सेवाहरु निर्देशन बमोजिम सञ्चालन गर्न समेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।

कोरोनाको दोस्रो लहरमा वाणगंगा पनि चपेटामा परेको छ । यहाँ दिनहु संक्रमित भेटिनेक्रम बढिरहेको छ भने मृतकको संख्या पनि बढीरहेको छ ।

May be an image of text

प्रकाशित मिति : २३ बैशाख २०७८ बिहिबार ००:००  ३ : १२ बजे