१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तु अस्पताल कोरोना संक्रमितले भरियो, डाक्टरको विन्ति ‘कृपया उत्प्रेरणा दिनुहोस्’



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तु जिल्लाको एक मात्र सुविधासम्पन्न कपिलवस्तु अस्पताल कोरोना संक्रमित विरामीले भरिएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्याले उकालो लागेपछि अहिले सो अस्पतालमा विरामीले वेड पाउने अवस्था छैन । त्यहाँ भएका इमर्जेन्सी, वार्ड, आइ सि यु, कोरोना अस्पतालको सम्पुर्ण बेड अहिले संक्रमितले भरिएपछि अन्य विरामीले उपचार पाउनु पर्ने स्थिति पनि नभएको अस्पतालका डाक्टर गणेश क्षेत्रीले सामाजिक संजालमा लेख्नु भएको छ । अहिलेसम्म डाक्टर पुरै सुरक्षित रहेको बताउँदै अन्तिमहदसम्म पनि आफूहरु विरामीकै सेवामा खटिने बताउनु भयो ।विरामीको उपचार गर्दा गर्दै विरामीले अस्पताल भरिएको तस्विर सार्वजनिक गर्दै उहाँ लेख्नुहुन्छ

“स्थिति विकराल भनेर तर्साउन खोजेको होइन । तर हालत हेर्दा साच्चै नै एकदमै बेहाल छ । कपिलवस्तु अस्पतालको इमर्जेन्सी, वार्ड, आइ सि यु, कोरोना अस्पताल को सम्पुर्ण बेड भरिएको छ । संक्रमीत बिरामीहरुको मृत्यु दर दिनानुदिन बढ्दो छ । परिक्षण नभइ उपचारको दायरामा आएर वा नआएर मृत्यु हुनेको संख्या धेरै छ जुन राष्ट्रिय तथ्यांकमा जोडिएको छैन । उच्च संकास्पद बिरामीको गणना गर्न सक्ने स्थिति छैन । अक्सिजन र औषधी मात्रै चाहिने लक्षण देखिएका संक्रमीत बिरामीहरु राख्ने ठाउँ छैन भने आइ सि यु र भेन्टिलेटर त कहाँ हो कहाँ । अब त अति भइसकेको छ झन बेहाल हुने वाला छ ।
हामी स्वास्थ्यकर्मीहरु हात जोडेर बिन्ती गर्छौ, सम्बन्धित सरोकारवालाहरु केही गर्नुस, राजनीतिक भागबन्डा गर्दै बस्ने समय होइन । बाचियो भने धेरै गरौला नत्र छट्पटाउदै मर्नु को विकल्प छैन । जुन भइरहेको छ । कृपया जसले जे सक्छ सहयोग गर्नुस, स्वास्थ्यकर्मीहरुलाई उत्प्रेरणा दिनुहोस ।सबैले सावधानी अपनाउनौ ।“

– संक्रमित बिरामीको उपचारमा खटिएको म एक डाक्टर

No description available.

प्रकाशित मिति : २३ बैशाख २०७८ बिहिबार ००:००  ११ : ४९ बजे