१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नेपाल सुपर लिगमा आज दुई खेल



काठमाडौं ।


पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल ) अन्तर्गत आज दुई खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र बुटवलबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

आज ललितपुर जित निकाल्दै प्लेअफ पुग्ने सम्भावना कायम राख्न चाहन्छ । ललितपुर ४ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । बुटवल पनि जित निकाल्दै प्लेअफ सुरक्षित गर्न चाहन्छ । बुटवल ४ खेलमा ५ अंक जोडेर चौंथो स्थानमा रहेको छ । ललितपुरलाई हराएमा बुटवल दोस्रो स्थानमा उक्लने छ ।

यस्तै दोस्रो खेलमा काठमाडौं रेजर्स र विराटनगर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं र विराटनगरबीचको खेल साँझ ५ : ३० बजे सुरु हुनेछ । आज काठमाडौं जित निकाल्दै प्लेअफ सुरक्षित गर्न चाहन्छ । काठमाडौं ४ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । जित निकालेमा काठमाडौंले शीर्ष स्थानको धनगढीविरुद्ध अंक बराबरी गर्नेछ ।

विराटनगर पनि जित निकाल्दै प्लेअफ सुरक्षित गर्न चाहन्छ । विराटनगर ४ खेलमा ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८ बिहिबार ००:००  ११ : १५ बजे