१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोना अपडेटः बाँकेमा थप १० जनाको मृत्यु, चितवनमा एक संक्रमितद्धारा आत्महत्या



काठमाडौं ।
बाँकेमा बुधबार राति र बिहीबार विहान गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना बाँकेका र एक जना जाजरकोटका छन् ।बाँकेको नरैनापुर गाउँपालिका–१ बाँकेका ५६ वर्षीय पुरुषको विहीबार बिहान ७ बजे र नेपालगञ्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुषको विहीबार विहान साढे ४ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।नेपालगञ्ज १० का ७८ वर्षीय पुरुषको भेरी अस्पतालमा गएराति १ः४० बजे मृत्यु भएको छ । नेपालगञ्ज १० कै ७८ वर्षीया महिलाको बुधबार साँझ साढे ७ बजे मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ का ४५ वर्षीय पुरुषको बुधबार साँझ सवा ६ बजे, नेपालगञ्ज–१ का ५८ वर्षीय पुरुषको बुधबार राति १० बजे, नेपालगञ्ज–१० का २७ वर्षीय पुरुषको बुधबार राति २२ः२० बजे र नेपालगञ्ज उपमहानगरपालिका ४ बाँकेका ५५ वर्षीय पुरुषको बुधबार मध्यराति साढे १२ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।यसैगरी भेरी नगरपालिका ४ जाजरकोटकी ४३ वर्षीया महिलाको बुधबार राति ९ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ। योसँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १२७ पुगेको छ ।

आत्महत्या
चितवनको माडीमा एकजना कोरोना संक्रमित युवकले झुण्डिएर आत्महत्या गरेका छन् ।इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक पौडेलले दिएको जानकारी अनुसार माडी नगरपालिका वडा नं. ३ बगैचा टोलका ३५ वरषीय युवकले गएराति घर पछाडिको गोठमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनलाई गोठमा आइसोलेनसमा राखिएको थियो ।यही वैशाख १२ गते भारतमा भएको भान्जीको बिहेमा सहभागी भएर १३ गते माडी फर्किएका उनमा तीन दिन अगाडि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई झाडापखलासमेत लागेको जनाइएको छ ।घटनाबारे जानकारी पाएपछि अहिले माडी नगरपालिकाका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुख, स्वास्थ्य कार्यालयका प्रतिनिधिसहित शवको पोष्टमार्टम एवम् व्यवस्थापनबारे छलफल भैरहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८ बिहिबार ००:००  १० : १५ बजे