१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

लुम्बिनी सरकारले सबै डीसीसीएमसीलाई ७९ लाख दिने



बुटवल ।
लुम्बिनी प्रदेश सरकारले जिल्लास्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई ७९ लाख रुपैया दिने निर्णय गरेको छ ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले १२ वटै जिल्लालाई कुल ७९ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो । सिमा क्षेत्रमा होल्डिङ सेन्टर व्यवस्थापन र कोरोना महामारी नियन्त्रणमा खर्च गर्ने गरि सो रकम उपलब्ध गराइएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

जसमध्ये कोभिडबाट बढी प्रभावित रुपन्देही र बाँके जिल्लाको लागि १०–१० लाख रुपैया उपलब्ध गराइने छ । त्यसैगरी कपिलबस्तु जिल्लालाई ८ लाख, नवलपरासी, दाङ, बर्दिया जिल्लाई ७– ७ लाख तथा गुल्मी, पाल्पा अर्घाखाँची, रोल्पा प्युठान र पुर्व रुकुम लाई ५/५ लाख जिल्ला विपत व्यवस्थापन समितिलाई छुट्याइएको मन्त्री चौधारीले बताए ।

यसैबीच जेठमा गर्ने भनिएको प्रदेश लगानी सम्मेलन कात्र्तिकमा सार्ने निर्णय प्रदेश सरकारकाले गरेको छ । कोरोना कारण जेठ ६ र ७ गते गर्ने भनिएको प्रदेश लगानी सम्मलेन आगामी कार्तिक २७ र २८ गते गर्ने निर्णय भएको चौधरीले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७८ बिहिबार ००:००  ८ : १२ बजे