१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

भारतका विज्ञ भन्छन्- ‘हर्ड इम्युनिटी’ छिटै बन्ने सम्भावना छैन, खोप नै उत्तम



काठमाडौं ।
भारत लगायत देशमा कोरोनाको पहिलो लहर बढिरहँदा ‘हर्ड इम्युनिटी’को चर्चा भएको थियो । स्वास्थ्यविद्ले भनेका थिए कि जब कुनै क्षेत्रमा बढी मानिस संक्रमित हुन्छन्, त्यहाँ संक्रमितको शरीरमा एन्टिबडी बन्नेछ, जसले भविष्यमा कोरोनाबाट जोगाउनेछ । अहिले स्वास्थ्यविद्को भनाइ छ कि कोरोनाको नयाँ–नयाँ म्युटेन्ट्स (उत्परिवर्तन) ले ‘हर्ड इम्युनिटी’ सिद्धान्तलाई जबर्दस्त चुनौती दिइरहेको छ ।

भारतका स्वास्थ्यविद्का अनुसार, निकट भविष्यमा हर्ड इम्युनिटी तयार नहुनाले कोरोना भाइरस अहिले जसरी नै फैलिरहनेछ । कोभिडबाट मृत्यु हुने र अस्पतालमा भर्ना हुने क्रम चलिरहनेछ । तर अबको करिब ६ देखि ९ महिनापछि यसमा कमी आउनेछ । हर्ड इम्युनिटी तब तयार हुन्छ, जब जनसंख्याको ठूलो हिस्सा भाइरसविरुद्ध प्रतिरक्षा गर्न थाल्छ । यसमा दुई तरिका छन्– भाइरसकै संक्रमण या खोप । यस्तो अवस्थामा जसको भाइरसविरुद्ध प्रतिरक्षा तन्त्र बलियो छैन, ऊ पनि संक्रमणको खतराबाट बाहिर हुनेछ, किनभने ठूलो जनसंख्यामा प्रतिरक्षा प्रणाली बलियो हुनुका कारण भाइरस एक व्यक्तिबाट अर्कोमा घुस्ने सम्भावना शून्य बराबर हुन्छ । पब्लिक हेल्थ फाउन्डेसन अफ इन्डिया ९पिएचएफआई०का अध्यक्ष के श्रीनाथ रेड्डी भन्छन्, ‘यो वास्तवमा हर्ड प्रोटेक्सन हो, हर्ड इम्युनिटी होइन । भाइरसविरुद्ध इम्युनिटी विकसित गर्न नसक्ने व्यक्ति भाइरस फैलिरहेको ठाउँमा गयो भने संक्रमण हुने सम्भावना रहन्छ । हर्ड इम्युनिटी जनसंख्यामा आधारित छ, कुनै व्यक्तिमाथि होइन ।’

रेड्डीको भनाइ छ कि आजको दुनियाँमा मानिस यताउता भ्रमण गरिरहन्छन्, यस्तोमा कोरोनाविरुद्ध ‘नन–इम्युन’ व्यक्ति अहिले पनि संक्रमणको चपेटामा आउन सक्छ । यसैले हरेक व्यक्तिले कोभिडबाट बच्न खोप लगाउनु नै वेश हुन्छ ।

भारतका वरिष्ठ महामारी विशेषज्ञ गिरिधर बाबु भन्छन्, ‘भाइरसविरुद्ध हाम्रो लडाइँ लामो समय चल्नेवाला छ ।’

युके (युनाइटेड किङडम) मा कोभिड नियन्त्रणमा आउन थालेको छ, किनभने त्यहाँ लकडाउनसँगै तीव्र रूपमा खोप अभियान चलाइएको छ । ३ मेमा युकेमा नयाँ संक्रमितको संख्या मात्र १,६४९ थियो भने एक संक्रमितको मात्र मृत्यु भएको थियो ।

भारतमा कोरोना भाइरसको भेरियन्ट तीव्र रूपमा फैलिरहेको छ, जबकि खोप अभियान न्यून गतिमा छ । यस्तो अवस्थामा ‘हर्ड इम्युनिटी’ विकसित हुन समय लाग्ने स्वास्थ्यविद् बताउँछन् । अर्कोतिर भाइरसले तीव्र रूपमा आफ्नो रूप बदलिरहेको छ । र, हरेक ‘म्युटेसन’मा संक्रमण गर्ने आ–आफ्नै बेग्लै तरिका छन् । यसैले अप्ठेरो यो छ कि यदि तपाईं कुनै ‘म्युटेन्ट’बाट संक्रमित भई निको हुनुभयो भने पनि दोस्रो म्युटेन्टबाट संक्रमित हुने खतरा रहिरहन्छ । फोर्टिस सि–डकका प्रमुख अनुप मिश्राका अनुसार, सुरुवातमा यो मानिएको थियो– कोरोनाको उपचारपछि निको हुने व्यक्तिले कोरोनाप्रति प्रतिरक्षा गर्न सक्छ, तर अहिले यस्तो भन्ने अवस्था छैन ।

डा। रेड्डीका अनुसार, कोभिड–१९ विरुद्ध ‘हर्ड इम्युनिटी’को मापन के हो भन्ने आजसम्म तय हुन सकेको छैन । यति मात्र थाहा छ, संक्रमणपछि जसको शरीरमा एन्टिबडी बनिरहेको छ, त्यो केही महिनामै कमजोर भएर गइरहेको छ । उनले भने, ‘यस्तोमा खोप लगाउनु नै उत्तम हुन्छ । खोपको दोस्रो डोज लगाएसँगै शरीरमा उचित मात्रामा एन्टिजेन तयार हुन्छ । एन्टिबडी सर्भेका आधारमा यो भन्न सकिन्छ, हामीले हर्ड इम्युनिटी विकसित ग¥यौँ, तर यो गलत हुनेछ । हामीले पहिले पनि हर्ड इम्युनिटीको भ्रमजालप्रति सचेत गराएका थियौँ ।’
(नवभारत टाइम्सबाट)

प्रकाशित मिति : २२ बैशाख २०७८ बुधबार ००:००  ६ : ०१ बजे