एजेन्सी ।
रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले प्लेमेकर इडेन हजार्डलाई चम्किनका लागि सही समय आएको बताएका छन् ।रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको दोस्रो लेगमा बुधबार राति चेल्सीसंग प्रतिस्पर्धा गर्दैछ ।
प्रशिक्षक जिदानले चोटबाट उम्किने प्रयास गरिरहेका हजार्डका लागि चेल्सीविरुद्धको खेल आफुलाई प्रमाणित गर्ने समय रहेको बताएका छन् ।बेल्जियमका अन्तराष्ट्रिय खेलाडीले सन् २०१९ मा प्रिमियर लिग क्लब चेल्सी छाडेका थिए । ३० वर्षिया खेलाडी स्पेन आएपछि चोटका कारण मैदानमा खासै जम्न पाएका छैनन् । घुडाँ र मांसपेशीको चोटका कारण उनी लामो समय मैदान बाहिर रहे ।
उनी पछिल्लो समय चोट मुक्त हुँदै पुन मैदान फर्किएका छन् । उनी ला लिगाको खेलमा बेन्चबाट मैदान छिर्दै रियल बेटिसविरुद्ध खेलेका थिए । उनले पहिलो लेगमा चेल्सीविरुद्ध समेत मैदान उत्रिएका थिए । उनले पहिलो रोजाईमा शनिबार ओसासुनाविरुद्ध खेलको सुरुवात गरेका थिए ।‘यो उनका लागि निकै राम्रो समय हो ।’ प्रि–म्याच कन्फरेन्समा जिदानले भनेका छन् ।‘उनी तयारीका साथ आएका छन् । त्यो राम्रो कुरा हो । हामीलाई इडेनको आवश्यकता छ । हामीलाई थाहा छ, उनी कस्तो खेलाडी हुन् । उनले टिमलाई अघि बढाउन सक्छन् ।’ जिदानले थपेका छन् ।हजार्डले ला लिगामा मात्र तीन गोल र च्याम्पियन्स लिगमा रियल मड्रिडका लागि मात्रएक गोल गरेका छन् ।
‘हामीलाई थाहा छ, इडेन कस्ता खेलाडी हुन् ।’ सहकर्मी टोनी क्रुसले भनेका छन्, ‘चोटका कारण उनले आफ्नो प्रर्दशन देखाउन सकेको छैनन् । उनी शारिरिक रुपमा अहिले केही राम्रो बनेका छन् । आफ्नो स्तरमा खेल्नका लागि जो निकै महत्वपुर्ण थियो ।’‘उनी यस्तै खेलका लागि बनेका खेलाडी हुन् । उनले हामीलाई धेरै सहयोग गर्न सक्छन् ।’ क्रुसले भने ।
‘उनले एक खेल सुरुवातमा रहेर खेलेका छन् । त्यो पर्याप्त छैन । तर प्रतिद्धन्दीका लागि उनी निकै खतरनाक खेलाडी हुन् । उनी जति मिनेट खेल्नेछन् ।’ उनले थपे ।रियल मड्रिडका लागि कप्तान सर्जियो रामोस सहित, लेफ्ट ब्याक फिरल्याण्ड मेन्डी र मिडफिल्डर फिडी भाल्भर्डेले टिममा पुनरामगन गर्दैछन् । तीन जना खेलाडीले पहिलो लेगको खेल गुमाएका थिए । सो खेलमा रियल मड्रिडले चेल्सीसंग १–१ गोलको बराबरी खेलेको थियो ।
रियल मड्रिडले घरेलु लिग सहित युरोपेली च्याम्पियन्स लिगको उपाधि दौडमा आफुलाई कायम राखेको छ ।
प्रतिक्रिया