१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

ओलीले राष्ट्रियताको नाममा मुलुकलाई विदेशी शक्तिको क्रीडास्थल बनाएः माओवादी केन्द्र



काठमाण्डौँ ।

नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि छ आरोप लगाएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिनुको औचित्य खुलाउँदै माओवादी केन्द्रले ती आरोप लगाएको हो ।

पार्टीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुको हस्ताक्षरमा बुझाइएको पत्रमा राष्ट्रियताको विषयदेखि कोभिड नियन्त्रणसम्मका विषयमा विभिन्न आरोप लगाइएका छन् ।

माओवादी केन्द्रले प्रधानमन्त्री ओलीले संविधानको ठाडो उल्लंघ गर्दै प्रतिगमनतर्फ अघि बढिरहेको बताएको छ । यस्तै लोकतान्त्रिक मूल्य, मान्यतालाई बिर्सिएर राजनीतिलाई फोहोरी खेलको रूपमा निकृष्ट ढंगबाट सञ्चाल गरिरहेको आरोप लगाएको छ ।

प्रधानमन्त्री ओलीले निर्वाचनमा व्यक्त जनादेशविपरीत सामाजिक न्यायसहितको समाजवादको लक्ष्यलाई ध्वस्त बनाएको टिप्पणी गरेको छ । नेपालको कम्युनिस्ट आन्दोलनाई क्षतविक्षत बनाउन ओलीले विसर्जनवादी आक्रमण गरेको आक्षेप लगाइएको छ ।

कोरोनाको दोस्रो लहरसँग जुध्न असक्षमता देखाएको आरोप उसले लगाएको छ । यस्तै वर्तमान सकरकारले राष्ट्रियताको सवालमा सौदाबाजी गर्दै विदेशी शक्तिको क्रीडास्थल बनाएको आरोप माओवादी केन्द्रको छ ।

माओवादी केन्द्रले प्रधानमन्त्री ओलीले संसदीय मान्यताको मानमर्दन गरेको आरोप पनि लगाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८ बुधबार ००:००  ३ : २१ बजे