काठमाण्डौा ।
बागमती प्रदेशबाट राष्ट्रिय सदस्यमा विपक्षी गठबन्धनले खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ । संघीयताको पक्षमा बहस पैरवी गर्दै आएका देवकोटालाई कांग्रेस, माओवादी र एमालेको माधव नेपाल समूहले संयुक्त उम्मेदवार बनाउने भएको हो । एमालेले आधिकारिक रूपमा रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने सहमति गरिसकेको छ ।
माओवादीका प्रमुख सचेतक देव गुरुङले देवकोटाको नाममा अनौपचारिक सहमति जुटेको जानकारी दिए । गुरुङले भने, ‘शीर्ष नेताहरूमा सहमति जुटेपछि औपचारिक रूपमा निर्णय हुन्छ ।’२४ वैशाखमा उम्मेदवार दर्ता गर्ने कार्यतालिका छ । र, ६ जेठमा उपनिर्वाचन हुनेछ । विपक्षी गठबन्धनका उम्मेदवार बन्न लागेका देवकोटाले शिलापत्रसँग कुराकानीमा पहिलादेखि नै नेताहरूले राष्ट्रियसभामा आउन आग्रह गरेको बताए ।
देवकोटाले भने, ‘प्रदेशको राष्ट्रिय योजना आयोगमा काम गरिसकेको र संघीयतामा कलम चलाइरहेको बुद्धिजीवीको हैसियतले राष्ट्रियसभामा आउनुपर्यो भन्नुभएको थियो ।’
देवकोटा एमालेनिकट मानिन्छन् । मुख्यमन्त्री डोरमणि पौडेलेले देवकोटालाई प्रदेश योजना आयोगको उपाध्यक्ष बनाएका थिए । मुख्यमन्त्री डोरमणि पौडेलसँग असन्तुष्ट भई देवकोटाले राजीनामा दिएका हुन् । उनी अहिले एमालेभित्र माधव नेपाल(झलनाथ खनालनिकट मानिन्छन्
प्रतिक्रिया