काठमाडौं ।
नेपालका युवा ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको ुप्लेयर अफ दि मन्थु अवार्डको मनोनयनमा परेका छन् ।
कुशल अप्रिल महिनाको ुप्लेयर अफ दि मन्थु अवार्डका लागि मनोनयनमा परेका हुन् । घरेलु भूमिमा भएको त्रिकोणात्मक टी(ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल अवार्डको मनोनयनमा परेका हुन् ।
नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिजमा कुशलले ४ अर्धशतक बनाएका थिए । कुशल टी-ट्वान्टीको ब्याटिङ वरीयताको ६१ औं स्थानमा रहेका छन् । अवार्डका लागि कुशलसँगै पाकिस्तानका बाबर आजम र फखर जमान परेका छन् । आईसीसीले समर्थकको भोटका आधारमा विजेता चयन गर्नेछ ।
प्रतिक्रिया