बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले फेरी मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलबार मात्र मन्त्रिपरिषदमा तीन जना नियुक्ती गरेको र केही जिम्मेवारी हेरफेर गर्नुभएको हो ।
अब प्रदेश मन्त्रिपरिषद १० सदस्यीय भएको छ । थपिएकाहरुमा अर्घाखाँचीका चेतनारायण आचार्य आन्तरिक मामिला तथा कानूनमन्त्री, रुपन्देहीका भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या मन्त्री, कपिलवस्तुका धर्मबहादुर लाल श्रीवास्तव शिक्षा तथा सामाजिक विकासमन्त्री बन्नुभएको छ ।
यस अघि थपिएका मन्त्री मध्ये हरिप्रसाद रिजाललाई ग्रामिण तथा शहरी विकास मन्त्रालय, कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
बैजनाथ चौधरी आर्थिक मामिला तथा योजनामन्त्री, सन्तोषकुमार पाण्डे भौतिकपूर्वाधार विकासमन्त्री, विजयबहादुर यादव भूमिव्यवस्था कृषि तथा शहकारी मन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा यथावत हुनुहुन्छ । यसभन्दा पहिला मन्त्री बन्नुभएका लिला गिरी र आरती पौडेल मन्त्रीबाट विदा हुनुभएको छ ।
यता शिक्षा तथा सामाजिक विकास मन्त्री बन्नुभएका श्रीवास्तवले एमालेको साथ छाडेको विज्ञप्ति निकाल्नुभएको थियो । एमालेको सूर्य चिह्न लिएर चुनाव लड्नुभएका उहाँले एमाले छाड्ने घोषणा गरेको २४ घण्टा नवित्दै पुनः एमालेमा कटिबद्ध रहेको विज्ञप्ति निकाल्नुभएको थियो ।
एक दिन एमाले छाड्ने, अर्को दिन पुनः एमालेमै रहने विज्ञप्ति निकाल्नुभएको उहाँले मंगलबार मात्र मन्त्रीको उपचार पाउनुभएको छ ।
प्रतिक्रिया