९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

गुणस्तरहीन काम गरेको भन्दै मेयर र सिडियोले पर्खाल भत्काइदिए



सिन्धुली ।

जिल्ला कारागार निर्माणमा ठेकेदारले लापरवाही गरेको पाइएको छ । ८ करोड ८८ लाख रुपैयाँको लागतमा निर्माणाधिन कारागारको गुणस्तरहीन काम भएको पाइएपछि मंगलबार कमलामाई नगरपालिकाका मेयर र प्रमुख जिल्ला अधिकारी ९सिडियो० ले निर्माण गरिएको पर्खाल भत्काइ दिएका छन् ।

मंगलबार संचारकर्मीसहित अनुगमनमा पुगेका मेयर खड्गबहाद्र खत्री र सिडियो सुरेश न्यौपानेले कारागारको कम्पाउण्ड वाल लात्ताले हानेर भात्काइ दिएका हुन् ।
डाँफे–धुलीखेल संजीव एण्ड ब्रदर्श जेभिले निर्माण गरेको वालमा गुणस्तरहीन सामग्रीको प्रयोग गरी कम सिमेन्ट हालेर पर्खाल निर्माण गरेको स्थानीयको गुनासोपछि अनुगमनका क्रममा पर्खाल भत्काइ दिएका हुन्।

मेयर खत्रीले करोडौं मुल्यको निर्माणमा गुणस्तरमा ध्यान दिन पटक–पटक अनुरोध गर्दा पनि निर्माण कम्पनीले लापरबाही गरेको बताए । ‘कारागार भवन निर्माण गर्दा समेत गुणस्तरहीन सामग्रीको प्रयोग भएको पाइएको छ । हामीले प्रमुख जिल्ला अधिकारीमार्फत गुणस्तर चेक गर्न भनेका छौं । गुणस्तरहिन काम भत्काएर पुनः निर्माण नगरेसम्म काम रोक्न भनेका छौं,’ खत्रीले भने ।

भवन निर्माण गर्दा स्टमेट अनुसार समेत नभएको पाइएको छ । निर्माण सामग्री तथा पुराना तारहरु सडकमै जथाभावी छाडिदिँदा स्थानीय दुर्घटनामा पर्ने गरेको समेत गुनासो आएपछि अनुगमन गरिएको र अनुगमनका क्रममा निर्माणमा गम्भीर लापरवाही गरिएको पाइएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए ।
‘अनुगमनमा देखिएको गुणस्तरहीन कामलाई तत्काल रोकेर ठकेदारलाई प्रशासन कार्यालयमा उपस्थित हुन भनेका छौं । काममा सुधार नगरे भुक्तानी रोकेर कारवाही गछौं,’ उनले भने ।

प्रकाशित मिति : २१ बैशाख २०७८ मंगलबार ००:००  ४ : ५२ बजे