एजेन्सी ।
भारतमा जारी ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल टी(ट्वान्टी क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना भाईरसको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
विभिन्न टिमका खेलाडी र अफिसियललाई कोरोना संक्रमण देखिन थालेपछि बीसीसीआईले प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो । बीसीसीआई खेलाडीहरु, सहयोगी स्टाफ र आईपीएल आयोजनामा सहभागी अन्य सहभागीहरुको सुरक्षामा सम्झौता गर्न चाहँदैन,ु विज्ञप्तिमा भनिएको छ, यो निर्णय सबै सरोकारवालाहरुको सुरक्षा, स्वास्थ्य र हितलाई ध्यानमा राखेर गरिएको हो ।
पछिल्लो पटक कोलकत्ता नाइट राईडर्सका दुई खेलाडी, चेन्नई सुपर किङ्सका तीन अफिसियल र सनराइजर्स हैदरावादका एक खेलाडीमा कोरोना देखिएको छ ।
कोलकत्ताका वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना देखिएको थियो । चेन्नईका प्रमुख कार्यकारी कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र बसको सहायकलाई कोरोना देखिएको थियो ।
त्यस्तै सनराइजर्स हैदरावादका विकेटकिपर ब्याट्सम्यान रिद्धिमान साहालाई कोरोना भाईरसको संक्रमण देखिएको छ । जारी प्रतियोगितामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ । यस्तै चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया