काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षा हुन सक्ने जनाएको छ । आज देशभर बदली रहने महाशाखाको अनुमान छ ।
हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव छ ।
अहिले प्रदेश १ र २ मा सामान्य बदली रही केही स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
भोलि पहाडी भू-भागका केही स्थानमा वर्षा हुन सक्ने छ भने पहाडी क्षेत्रमा बदली हुने छ । भोलि राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का केही स्थानमा वर्षा हुने छ । बिहीबार देशका केही स्थानमा वर्षा र एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
प्रतिक्रिया