कविता ।
कमिष्ठ नामधारि एक बवुरा थिए
नाटक रचि सत्ताको वाघडोर लिए
कसैलाई अपहरण
कसैलाई भ्रष्टचारको जिम्मा दिए
आफ्नो स्वार्थ सिद्धी गर्न
कोहि डनको हुर्मत लिए
कसैलाई मन्त्री थमाईदिए
धादिङको नेता चरि वनाई
अघिपछि लगाई हिड्थे रमाई
के थाहा उन्का मान्छेको
भयो के कति कमाई ?
विचरा नागढुङ्गामा चरी
गोलीको पर्राले ढले कठै वरि
स्वार्थ लिन बनायौ साथी
स्वार्थ सिद्धियोटेक्यौ
उन्कै छातीमाथि
गोरेलाई पराराष्ट्रको जिम्मा देऊ
सुन भित्रयाइ पित्तल बनाऊ
यहि हो मौका जे गर्न छ गर
ईमान्दार र निष्टावान्को नपरी भर
जनता मरुन भोकले
मरुन उनी रोगले पनी
दिनरात जालझेल रच
सत्ता डगमगाउलाकी भनी ।
कमल आचार्य
बाणगंगा ४, जितपुर कपिलवस्तु ।
१९ बैशाख २०७८ आइतबार ००:००
1k
Shares
प्रतिक्रिया