मायादेवी अनलाइन, जितपुर ।
नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन कपिलवस्तुले स्वास्थ्यका मापदण्ड अपनाउन सबैमा आग्रह गरेको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै कोभिड १९ को दोस्रो चरणको महामारी बाच बच्न स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको हो ।
संगठनका अध्यक्ष हुमनाथ पौडेल र महासचिव खिमानन्द पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा सम्पूर्ण ब्यवसायी र सर्वसाधारणलाई सुरक्षित तवरले कारोबार गर्न आग्रह गरिएको छ । साथै महामारीले समस्त उद्योगी तथा ब्यापारी माथि परेको प्रभावलाई उचित तवरले सम्बोधन गर्न माग गरिएको छ ।
यस जटिल अवस्थामा उचित स्वास्थ्य परामर्श प्रदान गर्न पनि संगठनले सम्बन्धीत निकायको ध्यानाकर्षण गराएको छ । दोश्रो चरणको कोभिड संक्रमण बढी जोखिम रहेकाले कत्ति पनि लापरबाही गर्न नहुने बताउँदै जिल्लामा जारी गरिएको लकडाउनको पूर्ण पाmन गर्न पनि आग्रह गरिएको अध्यक्ष पौडेलले बताउनु भयो ।
प्रतिक्रिया