९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

गुल्मीमा ज्यान मुद्दाका प्रतिवादी सार्वजनिक



शिव सुवेदी, गुल्मी ।

गुल्माीको ईस्मा गाउँपालिका २ का मोतीबहादुर कुवँरको हत्याका प्रतिवादीलाई प्रहरीले सार्वजनिक गरेको छ । ईस्मा गाउँपालिका १ छिनुवाखोलामा होटल सञ्चालन गरेका कुवँरको हत्यामा सलग्न ३ जनालाई प्रहरीले पक्राउ गरि आईतवार पत्रकार सम्मेलन गदै सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा इस्मा गाउँपालिका १ का वर्ष १८ का रमेश कुमाल, सोहि ठाउकै १८ बर्षकै गोले भन्ने सन्तोष कुमाल र सोहि स्थानकै २० वर्षका सुशील कुमाल रहेका छन ।

उनिहरुले कुवँरलाई गत भदौ २१ गते आफ्नै होटलमा कुटपिट गरि गम्भीर घाइते वनाएका थिए । गम्भीर घाइते मोतीवहादुरको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्युु भएको थियोे । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईका अनुसार लामो समयको अनुसन्धानपछि सफलता प्राप्त भएको बताए ।

हामी लामो समय घटनास्थलमा पुग्ने र त्यहाँका स्थानीयवासिहरुसगँ भेटघाट,छलफल गर्ने काम गर्यौ भट्टराईले भनेः सातमहिनासम्म प्रहरी छिनुवाखोला र ईस्मा नपुगेको कुनै दिन खाली भएन । उनका अनुसार भदौ ३ गते तिजको मेला हेर्न जाने क्रममा ३ नै जना प्रतिवादीहरु युवतीसगँ वसेको अवस्था मोतीवहादुरले मुखमा लाईट लगाएपछि झगडा शुरु बताए ।

मुखमा लाईट लगाएको दिनदेखि नै कुवँर र कुमालहरुविच झगडा शुरु भएको रहेछ जिल्ला प्रहरी कार्यालय गुल्मी प्रमुख भट्टराईले अगाडि भन्छनञ सोहि झगडाले कुवँरको ज्यान गएको हाम्रो अनुसन्धानवाट खुलेको छ। प्रक्राउ गरि सार्वजनिक गरेका ३ नै जनालाई आईतवार जिल्ला अदालत गुल्मीवाट म्याद थपेर घटनाका वारेमा थप अनुसन्धान अगाडि वढाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८ आइतबार ००:००  ५ : ०२ बजे