काठमाडौँ ।
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ। संसद सचिवालयले सूचना टाँसेर अधिवेशन अन्त्य भएको जानकारी गराएको छ। प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन अन्त्य भएको पत्र पठाएपछि संसद सचिवालयले सूचना टाँस गरेको संसद सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले बताए।
यसअघि मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि बोलाइएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो। आजै राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलले कामचलाउ बनेको मन्त्रिपरिषदबाट निर्णय गरी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गर्न सिफारिस गरेका थिए। आज दिउँसो १ बजेका लागि विशेष अधिवेशन बोलाइएको थियो। उक्त बैठकमा मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव पेश गर्ने कार्यसूची थियो।
प्रतिक्रिया