मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुमा बैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ । आज विहान ११ बजे जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिको बैठकले उक्त निणर्य गरेको हो ।
बिहान लकडाउनबारे निर्णय लिन प्रशासनले बैठक आह्वान गरेको थियो । यसैबिच अत्यावश्यक वस्तु किनमेलका लागि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पसलहरु भने खुला रहने प्रशासनले जनाएको छ ।
कपिलवस्तुका छिमेकी जिल्लामा लकडाउन जारी भैसकेको छ । लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, गुल्मी, दाङ, प्युठान, बाँके र बर्दियामा लकडाउन जारी भैसकेको छ । कपिलवस्तुमा कोरोना भाइरसका सक्रिय संक्रमित ४ सय २९ पुगेका छन् ।
यी समाचार पनि पढ्नुहोस्
स्वास्थ्य मन्त्रालयको खराब सूचीमा कपिलवस्तु, निशेधाज्ञाको लागि ५०० संक्रमित कुर्दै प्रशासन
कपिलवस्तुमा कोरोनाका सक्रिय संक्रमित ५ सय पुग्न ७१ बाँकी, अब हुन्छ कि लकडाउन !
प्रतिक्रिया