९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोरोना संक्रमितको शव ब्यवस्थापन हुन सकेन



बिष्णु कुमार आले , अर्घाखाँची ।

सक्रमितको मृत्यु भएपछि अर्घाखाँचीमा सव व्यवस्थापन हुन सकेको छैन । जिल्लाको शितगंगा ५ जुकेना कालीमाटीका ५८ बर्षिय कृष्ण प्रसाद बेल्बासेको शनिबार बेलुका मृत्यु भयो । तर लामो समय बितिसक्दा पनि सव एम्बुलेन्समै राखेर मृतकका आफन्त र छिमेकीले कुर्न बाध्य भएका छन् । सक्रमितको मृत्यु भएपछि मृतकका आफन्त र छिमेकीले वडा कार्यालय तथा नगरपालीकामा जानकारी गराएपनि सवको व्यवस्थापन आफै आफ्नै तरिकाबाट गर्नुस भन्ने जवाफ आएपछि हिजो शनिबार देखि शितखोला जाडि स्थित सडकमा एम्बुलेन्स भित्र रहेको लास कुरेर बस्न बाध्य भएको स्थानिय चन्द्रमणि बेल्बासेले गुनासो गरे ।


सडकमा रातभरी लास कुरेर बसिरहेका छौं तर अहिले सम्म सवको व्यवस्थापन गर्न नसकिएको मृतकका छोरा २३ बर्षिय अंकित बेल्बासेको गुनासो छ । कोरोनाबाट मृत्यु भएकाहरूको व्यवस्थापन सरकारले नेपाली सेनालाई जिम्मा दिएको छ ।तर स्थानियतहको समन्वयको भुमिका फितलो हुदा सव व्यस्थापनमा समस्या देखिएको हो । रोजगारीको सिलसिलामा दिल्ली पुगेका मृतक बेल्बासे बैशाख ६ गते घर आएका थिए । स्वास्थ्यमा समस्या देखिए पछि बैशाख १२ गते प्रादेशिक अस्पताल बुटवलमा पिसिआर जाँच गराएपछि बैशाख १३ गते उनको कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । कोरोना पोजिटिभ रिपोर्ट आएपछि होम क्वारेन्टाइनमा बस्दै आएका उनको स्वास्थ्यमा थप स्वासप्रस्वासमा समस्या आएपछि थप उपचार गर्न चितवन लैजानेक्रममा शनिबार शितखोला सडकमै मृत्यु भएको थियो । उनको श्रीमती दुई छोरी र एक छोरा रहेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७८ आइतबार ००:००  ११ : १६ बजे