बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका छन्। पोखरेलले प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष बुझाएको राजिनामा स्वीकृत भएको छ ।
उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टी ९जसपा०ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उनीविरुद्धको अविश्वासको प्रस्ताव आज प्रदेश सभामा पेश हुन लागेको छ । प्रदेश सभाको बैठक आज दिउसो १ बजे बस्न लागेको छ । उनले प्रदेश सभाको बैठक बस्नु अघि नै राजीनामा दिएका हुन्।
प्रतिक्रिया