दाङ ।
तुलसीपुरमा पार्किङ गरी राखेको एउटा कार भित्र तीन वटा शव फेला परेपछि घटनाको अनुसन्धान गर्न विशषेज्ञ टोली तुलसीपुर आएको छ। शनिबार राति घटनास्थलमा आएका जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले घटना अनुसन्धान गर्न विशेषज्ञ टोली तुलसीपुर आइपुगेको जानकारी दिए।
बाँकेबाट घटना अनुसन्धान गर्न एउटा कुकुरसहित एक्सपर्ट टोली तुलसीपुर आएको छ,’ एसपी चन्दले भने, ‘टोली आएपछि मात्रै हामीले कारको ढोका खोलेर शव निकाल्नेछौं।’एसपी चन्दले कारभित्र तीन वटा शव देखिए पनि प्रमाण संकलन गर्न सजिलो होला भनेर विज्ञ टोली आइनपुग्दासम्म आफूहरूले घटना स्थल नचलाएको जानकारी दिए।
‘क्राइम सिनलाई हामीले छोएका छैनौं,’ एसपी चन्दले सेतोपाटीसँग भने, ‘कारभित्र देखिएका तीन शवमध्ये एउटा केटा मान्छेको हो र अरू दुई यकिन नभए पनि केटा नै हुन् भन्ने अनुमान छ।’ कार बाहिरबाट नियाल्दा तीन वटै शव बच्चाको जस्तोदेखिए पनि शव सिटमुनि रहेकाले बाहिर ननिकालेसम्म स्पष्ट भन्न सक्ने अवस्था नरहेको एसपी चन्दले बताए।
घटना कसरी हुन गयो भन्ने कुराको प्रहरीले अहिलेसम्म कुनै पूर्व अनुमान गरिनसकेको उनले जानकारी दिए।‘लामो समयदेखि गाडी यहाँ हुनुपर्छ, दुबो उम्रिएको देखिन्छ,’ एसपी चन्दले भने, ‘तर अहिले नै यही हो भन्न सक्ने अवस्था छैन।’तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ स्थित स्याउली बजारमा पार्किङमा राखेको इण्डियन नम्बर प्लेटको आर जे ०१(सीसी ०८८५ नम्बरको कारभित्र तीन वटा शव देख्ने व्यक्ति बसका चालक हुन्।
बा ३ ख ३४३८ नम्बरको बसका चालक तथा गाडी धनी अरुण बुढा मगर शनिबार बेलुका साढे ५ बजेतिर पानी लिएर आएको ट्रयाक्टरलाई साइड दिन पार्किङ गरी राखेको आफ्नो बस ब्याक गर्न आए। घटनास्थलको दस मिटर जति टाढा सडकको नाला निर्माण भइरहेको छ। त्यही सडकमा उनको गाडी लकडाउनका कारण पार्किङमा राखिएको छ।
बुढामगर घटनास्थल नजिकै बस्छन्। वरिपरि अन्य घर पनि छन्। अरुणले पानी बोकेर आएको ट्रयाक्टरलाई साइड दिएपछि फेरि त्यही ठाउँमा गाडी रोकेर राखे। ठीक त्यही बेलामा उनकै घरमा बस्ने एक साना भाइले ‘दाइ यो कारको त बत्ती बलेको छ निु भनेर देखाइदिए।
अघिपछि नबल्ने सबै बत्ती कसरी बले भनेर हेर्न उनी कार नजिक पुगे। तर, जब उनी कार नजिक पुगे काटभरी झिँगा भन्केको देखे। उनलाई भित्र केही छ भन्ने भयो।
आत्तिएर उनी चिच्याउँदै भागे। आसपासका मानिसलाई ुयो गाडीभित्र केही छु भनेर बोलाए। नजिकै घर भएका दुई(चार जना मानिस जम्मा भए। त्यसपछि फेरि उनीहरू सँगै गएर हेर्दा गाडी भित्र तीन वटा शव नग्न अवस्थामा देखे।
त्यसपछि घटनाबारे प्रहरीलाई खबर भयो। प्रहरी पुगेर वरिपरि घेरा हालेर राख्यो। केही बेरमा त्यो कुरा जताततै फैलियो। अझै मानिस जम्मा भए।
केही स्थानीय भने आफ्ना बालबालिका रहेको भन्दै घटनास्थलमा बिलौना गरिरहेका देखिन्थे। एक जना स्थानीयका अनुसार तीनै जना बालक तुलसीपुरकै हुन्। उनले दुई बालक सहोदर दाजुभाइका छोरा भएको बताए। तर प्रहरीले भने यसबारे केही भनेको छैन। अर्का एक स्थानीयले ती बालक तीन दिन अगाडिदेखि घरदेखि हराइरहेको सेतोपाटीलाई बताए।
घटनाको अनुसन्धान पूरा गरेपछि र अभिभावकले शव यकिन गरेपछि मात्रै मृतकको नाम सार्वजनिक गर्ने प्रहरी अधिकारीले बताएका छन्। घटनाबारे अनेक अड्कलबाजी हुन थाले पनि प्रहरीले कुनै तथ्य सार्वजनिक गरिसकेको छैन।
प्रतिक्रिया