९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भारतको छत्तिसगढमा हरेक दिन ३८६ दशमलव ९२ मेट्रिक टन अक्सिजन उत्पादन



काठमाण्डौ ।
भारतको छत्तिसगढ राज्यमा हरेक दिन ३८६ दशमलव ९२ मेट्रिक टन अक्सिजन उत्पादन भइरहेको छ ।

उत्पादन भएको अक्सिजनमध्ये छत्तिसगढमा १६० मेट्रिक टन मात्रै उपभोग भइरहेको र बाँकी अरु राज्यमा पठाउने काम भइरहेको मुख्यमन्त्री भुपेश बखेलले बताउनुभएको छ । कोरोना सङ्क्रमित धेरै भएसँगै भारतका विभिन्न राज्यमा अक्सिजन अभाव भइरहँदा छत्तिसगढ राज्यले भने अरु राज्यमा समेत आपूर्ति गरिरहेको हो ।

छतिसगढका विभिन्न २९ संयन्त्रमार्फत अक्सिजन उत्पादन भइरहेको छ । भारतमा नयाँ भेरियन्टको कोरोना सङ्क्रमणका कारण हरेक दिन विश्वकै सबैभन्दा धेरै कोरोना सङ्क्रमित थपिइरहेका छन् । पछिल्लो २४ घण्टामा भारतमा साढे ३ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमित बढ्दै जाँदा अक्सिजन अभावमा धेरै व्यक्तिले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८ सोमबार ००:००  १० : ५८ बजे