काठमाण्डौँ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विभिन्न जिल्ला गरी १६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । तर सोही अवधिमा थप १२ जना मृतकको विवरणसमेत प्राप्त भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ६४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ३२ जना कोरोना संक्रमित थपिएका छन् भने काठमाडौंमा उपत्यकामा १४ सय ९८ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमतिको संख्या ३ लाख ११९ पुगेको छ ।
यस्तै २४ घण्टामा ४५० कोरोना निको भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ७७ हजार ५ सय ७३ पुगेको छ ।
काठमाण्डौँको कुरा
काठमाडौं जिल्ला प्रशासनमा अत्यावश्यक बाहेकका सेवा एक साताका लागि स्थगित गरिएको छ । प्रशासनमा कार्यरत केही कर्मचारीसमेत कोरोनाबाट संक्रमित भएपछि अत्यावश्यक बाहेकका सेवाहरु सोमबारदेखि (१३ देखि २० गतेसम्म) एक साताका लागि स्थगित गरिएको प्रशासनले आइतबार सूचनामार्फत जनाएको दिएको हो ।
प्रशासन कार्यालयबाट उपलब्ध गराउँदै आएको नयाँ नागरिकता, नागरिकता प्रतिलिपि र नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता तथा नवीककरण र पत्रपत्रिका दर्ता सेवा एक साताका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया