काठमाण्डौँ ।
घरेलु भूमिमा जारी त्रिकोणत्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले उपाधिका लागि नेदरल्यान्ड्ससँग खेल्नेछ । फाइनल खेल अपरान्ह १ः४५ बजे सुरु हुनेछ ।
कोरोना महामारीपछि पहिलो अन्तराष्ट्रिय प्रतियोगिताको फाइनल खेल्न लागेको नेपाल उपाधि जित्ने लक्ष्यमा हुनेछ ।नेदरल्यान्ड्सविरुद्धको फाइनल अघि खेलपाटीसँग कुरा गर्दै नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले सिरिज जित्ने प्रयास गर्ने बताए । उनले लामो समयपछि मैदान फर्किदा पनि टोलीको प्रदर्शन उच्च रहेकाले ट्रफी जित्नेमा विश्वस्त रहेको बताए ।
ट्रफी कप्तानका लागि मात्र नभई टोलीको आत्मविश्वासका लागि पनि अति आवश्यक रहेको उनको भनाई छ ।उनले आज केही खेलाडी परिवर्तन हुने पनि बताएका छन् । पहिलो खेलमा नेदरल्याण्ड्समाथि ९ विकेटको जित हासिल गरेकाले मनोबल उच्च भएको उनले बताए यद्यपी दोश्रो खेलमा भने पराजित भएको थियो । आजको खेलमा सन्दिप लामिछाने, कुशल भुर्तल, आसिफ सेख, करन केसीको खेलमाथि सबैको धयान छ । यद्यपी आज अलिकति खेलाडी परिवर्तनको रणनिितमा कप्तान मल्ल रहेका छन् ।
प्रतिक्रिया