मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना संक्रमणका कारण कपिलवस्तुको बाणगंगामा एक जना पुरुषको निधन भएको छ । नगरको वडा नम्बर ३ धन्कौली निवासी ३३ बर्षिय एक पुरषको कोरोनाको कारण ज्यान गएको बताइएको छ । एक हप्ता अघि कोरोनाको लक्षण देखिएपछि उनलाई बुटवलमा भर्ना गरिएकोमा आज विहान ५ बजे घरमै उनको निधन भएको बताइएको छ ।
स्थानीयले कोरोनाको कारण मृत्यु भएको बताए पनि जिल्ला जनस्वास्थ्य कार्यालयले पुष्टि गर्न बाकी छ । मृतक पुरुष राजापानीको एक होटलमा काम गर्थे । अहिले उक्त शव ब्यवस्थापन गर्न पनि समस्या भएको छ । शव ब्यवस्थापनमा पनि सरोकारवाला ध्यान नदिएको परिवारको भनाई छ । परिवारले नगरपालिकादेखि सम्बन्धि सबैसंग ब्यवस्थापनको लागि हार गुहार गरे पनि अझैसम्म कोही नआउँदा समस्या भएको हो । यो संगै जिल्लामा मृतकको संख्या ३४ पुगेको छ ।
प्रतिक्रिया