मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुकै पहिलो क्यूएए प्राप्त सिद्धार्थ क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू) ले विविध कायक्रम सम्पन्न गरेको छ । मंगलबार एक भव्य कार्यक्रमको आयोजना गरी स्ववियूले वि सं २०७८ को भित्ते पात्रो विमोचन, स्नातक तह प्रथम बर्षमा अध्धयनरत विद्यार्थीलाई स्वागत तथा पुरस्कार वितरण गरेको हो । राष्ट्रिय सभा सदस्य विमला घिमिरेको प्रमुख आतिथ्य, क्याम्पस संचालक समितिका उपाध्यक्ष रवि बहादुर काफ्ले, पूर्व क्याम्पस प्रमुख बालाराम ज्ञवाली, निमित्त क्याम्पस प्रमुख बेदुराम अर्याल, संचालक समिति सदस्य कमल आचार्य, सहायक क्याम्पस प्रमुख गोविन्द खनाल, कमल पोख्रेल, पूर्व स्ववियू सभापतिद्धय कमल भट्टराई र शुशिल पौडेलको उपस्थितिमा ती कार्यक्रम सम्पन्न भएका हुन् ।
कठिन घडीका बाबजुत पनि सिद्धार्थ क्याम्पसको स्ववियूले निरन्तर विद्यार्थी हक हितमा काम गरिरहेको भन्दै कार्यक्रममा बोल्ने सबैले प्रसंसा गरेका थिए । स्ववियु सभापति सुशील खत्रिले विद्यार्थीको हरेक समस्यामा आफू कटिवद्ध रहेको बताउनु भयो । विद्यार्थीहरुको शैक्षिक अधिकार सुनिश्चित गर्न र क्याम्पसको विकासमा आफूहरुले निरन्तर काम गर्ने बताउनु भयो ।सिद्धार्थको लोकप्रियता सहन नसकेपछि यहाँका केही छिमेकी क्याम्पसले सिद्धार्थमा चरम राजनीति हुने र पढाई नहुने हल्ल फिँजाएकोमा आपत्ति जनाउनु भएको थियो । सिद्धार्थ कयाम्पसमा नेतृत्व विकास गर्न राजनीति भइरहने भन्दै निरास नहुन विद्यार्थीलाई खत्रीको आग्रह छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य विमला घिमिरेले विद्यार्थी र राजनीति एक अर्काका पुरक भएको बताउनु भयो । राजनीति विना विद्यार्थी अपुरो हुने भन्दै भोली देशलाई हाक्न विद्यार्थीले राजनीति गर्नु पर्ने बताउनु भयो । क्याम्पसकी संचालक समिति सदस्य समेत रहनु भएकी उहाँले क्याम्पस जिल्लाकै मात्र नभउर मुलुकको उत्कृष्ट रहेको बताउनु भयो । स्नातक तहको प्रथम बर्षमा अध्ययन गर्न क्याम्पसलाई रोजेर आउने विद्यार्थीलाई बधाई दिदै घिमिरेले सोही अनुसार गुणस्तरमा ध्यान दिन प्राध्यापकहरुको ध्यानाकर्षण गराउनु भयो ।सोही सन्दर्भमा स्ववियूले माननीय घिमिरेलाई कदर पत्र र दोसल्लाले सम्मान पनि गरेको छ । घिमिरे जिल्लाबाट राजनीतिको यो उचाईमा पुग्दा सबैको गौरव बढेकाले सम्मान गरिएको सभापति खत्रीको भनाई छ ।
कार्यक्रममा बोल्दै निमित्त क्याम्पस प्रमुख अर्यालले क्याम्पसमा बाहिर हल्ला आएजस्तो राजनीति नहुने बताउनु भयो । बाहिर सिद्धार्थमा राजनीति हुन्छ भन्ने हल्ला निराधार भएकाले त्यसको पछि नलागी अध्धययनमा लाग्न उहाँले विद्यार्थीलाई भन्नुभयो ।
कार्यक्रमकै अवसरमा स्ववियु सचिव दिनेश चौधरिको स्वागत मनतव्यमा सम्पन्न कार्यक्रममा यसअघि सम्पन्न साप्ताहिक खेल कार्यक्रममा विजयी बन्न सफल विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा नव आगन्तुक विद्यार्थीले सिद्धार्थ क्याम्पसको गुणस्तर र क्यूएएको ट्यागले आफूहरु यहा अध्धयन गर्न आएको बताएका थिए ।
सोही सन्दर्भमा बिभिन्न सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भएका थिए । क्याम्पसका विद्यार्थीले सांस्कृतिक नाच र गीतहरु प्रस्तुत गर्दा कलाकारद्धय बर्षा लम्साल र विमल गैरेले सबैलाई नचाएका थिए । सिद्धार्थमा यस बर्ष करिब ५ सय जना स्नातक तहको प्रथम बर्षमा भर्ना भएका सहायक क्याम्पस प्रमुख गोविन्द खनालले बताउनु भयो ।
प्रतिक्रिया