९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भारतमा एकैदिन कोरोनाबाट २१ सयको मृत्यु, ३ लाख १५ हजारमा संक्रमण



काठमाडौं ।
भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेक दिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा तीन लाख १४ हजार ८३५ जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सोही अवधीमा दुई हजार १०४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ८४ हजार ६५७ पुगेको छ । कोरोना संक्रमितको संख्या १ करोड ५९ लाख ३० हजार ९६५ पुगेको तथ्यांक छ । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १० बैशाख २०७८ शुक्रबार ००:००  ७ : ५७ बजे