९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बाणगंगाको खारखानीमा मुलुककै ठुलो ‘सौर्य परियोजना’ चीनले बनाउँदै, यस्ता छन् विशेषता



मायादेवी अनलाइन, चारनम्बर ।

मुलुककै ठुलो १ सय २५ मेगावाट विद्युत उत्पादन गर्ने सौर्य परियोजना (सोलार प्लान्ट) कपिलवस्तुको बाणगंगा नगरपालिकामा बन्ने बाटो खेलेको छ । करिब २ बर्षको अथक प्रयासपछि निर्माता कम्पनी सिंगापुरको राइजेन ईनर्जी जेटिई लिमिटेडले बाणगंगा नगरपालिकासंग सम्झ्यौता पत्रमा हस्ताक्षर गरेपछि सो परियोजना बन्ने बाटो खुलेको हो । बुधबार एक नगरपालिकामा आयोजना भएको कार्यक्रमका बीच नगर प्रमुख मंगलप्रसाद थारु र प्रोजेक्ट म्यानेजर वाङ छिङले औपचारिक रुपमा समझदारी पत्रमा हस्ताक्षर गरेपछि यसको अरु काम अघि बढेको छ । अब पूर्व–पश्चिम राजमार्गसंग सटेर रहेको खारखानीमा ११ अर्व २५ करोड लागतमा मेघा सौर्य प्लान्ट परियोजना निर्माणको काम तीव्र गतिमा हुने सो कम्पनीले जनाएको छ । चीनमा रहेको मुख्य कम्पनीले सिंगापुरको आप्mनै सहायक कम्पनी मार्फत बाणगंगामा लगानी गरेको हो । निर्माण सुरु भएको बढीमा ३ बर्षमा परियोजना सकिने छ । त्यसपछि उत्पादित बिजुली विद्युत प्राधिकरणको राष्ट्रिय ग्रिडमा जोडेर वितरण गरिने छ । सय मेगा वाट राष्ट्रिय ग्रिडमा जोडिने छ भने २५ मेगा वाट ब्याकपकालागि स्टोरेज गरेर राखिन्छ । शत प्रतिशत लगानी चीनको राइजेन ईनजीले व्यहोर्ने छ । लोड सेडिङ अन्त्य, कलकारखाना उद्योगधन्दा र व्यवसाय फस्टाई आर्थिक उपाजनमा सहयोग पुग्ने छ भने सुरुवातमै १ सय ५० बढीले रोजगारीको अवसर पाउने छन् ।

सौर्य ऊर्जाबाट बिद्युत उत्पदान गर्ने यो मुलुकको सबैभन्दा ठूलो परियोजना हो । विश्वकै १० ठूला सौर्य ऊर्जा उत्पादन, अनुसन्धान र बिक्री वितरण गर्ने कम्पनी मध्ये यो एक भएको राइजेन ईनर्जी जेटिई लिमिटेडका प्रोजेक्ट म्यानेजर वाङ छिङले बताए । यस्ले वर्षेनी विश्वका विभिन्न मुलुकमा एक हजार ४ सय मेगा वाट सौर्य ऊर्जा उत्पदान गर्दै आएको पनि उनले बताए ।

सौर्य ऊर्जाबाट बिद्युत उत्पदान गर्ने यो मुलुकको सबैभन्दा ठूलो परियोजना हो । विश्वकै १० ठूला सौर्य ऊर्जा उत्पादन, अनुसन्धान र बिक्री वितरण गर्ने कम्पनी मध्ये यो एक भएको राइजेन ईनर्जी जेटिई लिमिटेडका प्रोजेक्ट म्यानेजर वाङ छिङले बताए । यस्ले वर्षेनी विश्वका विभिन्न मुलुकमा एक हजार ४ सय मेगा वाट सौर्य ऊर्जा उत्पदान गर्दै आएको पनि उनले बताए ।

‘सुरुमा जग्गा हेरियो,’ सिंगापुरको राइजेन ईनर्जी जेटिई लिमिटेडका नेपाल प्रतिनिधि छबिलाल सिटौलाले भने, ‘त्यसपछि वार्ड, नगरपालिका र सामुदायिक वनसंग जग्गाको सहमति लिईयो ।’ सबैबाट सकारात्मक र सहयोग हुने भएपछि प्रक्रिया अघि बढाऔं उनले भने । त्यही क्रममा प्रि फिजिईबिलीटी अध्ययन गरियो । संझौता भएसंगै विहीवारैबाट डिपिआर बनाउन टेक्नोकोरी कम्पनीका प्राविधिक फिल्डमा खटिएका छन् । माटो, वातावरणीय प्रभाव, उत्खनन् र जनजीवनलाई पर्ने असरबाट लगायतका विस्तृत अध्ययन गर्ने छ । २०२२ को जनवरीबाट धमाधम निर्माण काम थालिने उनले बताए । बढीमा दुईवर्षमा निर्माण पूरा गरेर विद्युत उत्पादन गरिने छ ।

मुलकमै अहिलेसम्मको सबैभन्दा ठूलो सोलार प्लान्ट वाणगंगा नगरपालिकामा बन्न लागेकामा आफुहरु निक्कै खुसी भएको नगर प्रमुख मंगलप्रसाद थारुले बताए । ‘यस्ले यहाको जनजीवन र आयआर्जनमा ठूलो सहयोग गर्छ,’ उनले भने, ‘वाणगंगा नगरपालिका मात्र नभए जिल्लामै लोडसेडिङ मुक्त हुन्छ ।’ यहा सोलार प्लान्टको अध्ययन अनुसन्धान पनि हुनेछ । वडा नम्बर ७ मा यो परियोजना बन्ने भएपछि आफूहरु पनि ज्यादै खुसी भएको वडाध्यक्ष विष्णु गिरीले बताउनु भयो । आफूले परिकल्पना गरेको स्मार्ट बनगाइमा यसले ठुलो टेवा दिने पनि उहाँको भनाई छ । लाखौको लगानीमा आफूले उक्त स्थान नजिकै सुन्दर खारखानी पार्क र पिकनिक स्पोट बनाउन लागेको बताउदै अब बन्ने सोलार परियोजनाले थप टेवा दिने पनि उहाँले बताउनु भयो । कार्यक्रममा नगर उपप्रमुख चक्र अर्यालले स्वागत गर्दै आफूहरु धेरै खुसी भएको बताउनु भयो । कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले यस परियोजनापछि औद्यौगिक क्षेत्रको विकासमा थप टेवा पुग्नेमा विश्वास ब्यक्त गर्नुभयो । ०७७ असार ५ गते बसेको लगानी बोर्डको ४४ औं बैठकले कम्पनीलाई संभाव्यता अध्ययनको अनुमति दिएको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७८ शुक्रबार ००:००  ७ : १२ बजे