मायादेवी अनलाइन, चारनम्बर ।
बाख्रा चराउन गएका बेला सिंग्राहाका जित बहादुर पासीकी १३ बर्षिय छोरी राधा पासी, सोही स्थानका प्रेम कोहारकी छोरी ८ बर्षकी छोटी कोहार र ७ बर्षिय छोरी चिन्की कोहार एकाएक हराए । कपिलवस्तुको महाराजगंज ८ सिंग्राहाबाट हराएका तिन बालिकाको बारे पछि प्रहरीलाई थाहा भयो । परिवार प्रहरी निरन्तर खोजमा लागे । हराएको ३ दिनसम्म पनि उनीहरु कहाँ छन्, के गरिरहेका छन् केही कुरा थाहा भएन । त्यसपछि कपिलवस्तु प्रहरीले थप अनुसधन बढायो । बुझ्दा उनीहरु भारततर्फ लागेको प्रहरीले सुइको पायो र थप खोजमा लाग्यो । प्रहरी उपरिक्षक नवराज अधिकारीले तत्कालै भारतिय समकक्षी समन्वय गरि लिखित अनुरोध गर्नुभयो । बुझ्दै जाँदा बालिकाहरु भारत सिद्धार्थनगर जिल्लाको शोहरतगढ थानाको माहाथा बजारको राममन्दिरको कम्पाउण्डमा गएको खुल्न आयो ।
सो पश्चात मन्दिरका पुजारीले रातको समयमा बालिका देखे पछि कहाँ जान्छौ भन्दा मामा घर गढवा जान लागेको भनि रेलमा चढेको जानकारी ती पुजारीले दिए । बालिकाहरु रेलमा चढेर कानपुर पुगे । पछि कानपुरको दादानगर थाना, गोबिन्दनगर कानपुर प्रहरीले फेला पारि आफ्नो संरक्षणमा लिई सिमाको प्रहरी चौकी हुदै नेपाली पक्षलाई जानकारी गरायो ।
नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक श्याम सिंह चौधरी र महिला प्रहरी, महारागंज नगरपालिका वडा नम्बर ८ का अध्यक्ष योगेन्द्र केसी सहितको टोलीले कानपुर गएर बालिकालाई लिएर आए । र ती बालिकालाई कपिलवस्तु प्रहरीले विहिबार एक कार्यक्रम गरी परिवारको जिम्मा लगाउन सफल भएको छ ।
भारतिय प्रहरीसँगको समन्वयमा बालिकाहरुलाई समयमै फेला पार्न सकिएको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनुभयो । तिन दिनसम्मको निरन्तर खोजपछि भारतको कानपुरबाट ती बालिकाको सकुशल उद्धार गर्न सफल भएको भन्दै अधिकारीले खुसी ब्यक्त गर्नुभयो । भारतीय प्रहरीको समन्वयमा सुचना प्रवाह गरि हराएको तिन दिनमा भारतको कानपुरमा फेला पारि बालिकाहरुलाई नेपाल ल्याएर परिवारको जिम्मा लगाउन सफल भएको अधिकारीले कार्यक्रममा बताउनु भएको छ ।
समयमै प्रहरीले चासो र सक्रियता नदिएको भए ती बालिकाको विचल्ली हुने उहाँले बताउनु भयो । उहाँले यस खोजमा लाग्ने नेपाल भारतका दुवै प्रहरीलाई धन्यबाद दिँदै कपिलवस्तु प्रहरी शान्ति सुरक्षा कायममा दृढ रहेकोअधिकारीले बताउनु भयो । एसपी अधिकारीले समाजमा हुने कुनै पनि घटनाबारे समयमै प्रहरलिाई थाहा दिएमा समस्या समाधान हुने बताउनु भयो । कपिलवस्तुमा अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम र बिभिन्न घुसपैठ र तस्करमा संलग्ने हुनेहरुमथिको कारबाही र नियन्त्रणमा प्रहरी सफल बनेको छ भने पुराना अपराधमा संलग्नहरुलाई पनि पत्ता लगाई सार्वजनिक रुपमा सफल भएको छ । जिल्लामा एसपी अधिकारीको आगमनपश्चात धेरै हदसम्म जनताले शान्ति सुरक्षाको महसुस गर्न पाएका बताइन्छ ।
प्रतिक्रिया