९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आइपिएलमा बैंगलोरको दबदबा, राजस्थानमाथि १० विकेटको जित



एजेन्सी ।

रोयल च्यालेन्जर्स बैंगलोरले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार चौंथो जित निकालेको छ ।बिहीबार राति भएको खेलमा राजस्थानलाई १० विकेटले पराजित गर्दै बैंगलोरले चौंथो जित निकालेको हो ।राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १६ ओभर ३ बलमा बिना विकेटको क्षतीमा पूरा गर्यो ।बैंगलोरको जितमा देवदत्त पडिकलले अविजित रहदै १ सय १ रनको शतकीय इनिङ्स खेले ।

उनको यो आईपीएलमा पहिलो शतक हो ।कप्तान विराट कोहलीले अविजित रहदै ७२ रनको इनिङ्स खेले ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।राजस्थानका लागि शिबम डुबेले सर्वाधिक ४६ रन बनाए । राहुल टेवाटियाले ४० रन जोड्दा रियान परागले २५ रन बनाए ।

कप्तान सन्जु सामसनले २१ रन बनाउँदा क्रिस मोरिसले १० रन बनाए । बैंगलोरका मोहमद सिराज र हर्सल पटेलले ३÷३ विकेट लिए । केली जेमिसन, केन रिचार्डसन र वासिङ्गटन सुन्दरले १÷१ विकेट लिए । जितसँगै बैंगलोरले ४ खेलमा ८ अंक जोडेको छ । र, बैंगलोर शीर्ष स्थानमा उक्लिएको छ । राजस्थानले ४ खेलमा २ अंक जोडको छ । राजस्थान पुछारमा रहेको छ । अहिदेसम्म खेलेका सबै खेलमा सानदारजितसहित बैङलोरले आफ्नो दबदबा कायम राखेको हो । जारी प्रतियोगितामा बैङलोर मात्र एक अपराजित टोली हो ।

प्रकाशित मिति : १० बैशाख २०७८ शुक्रबार ००:००  ६ : ०७ बजे