९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सकियो ओली-नेपाल बीचको दोस्रो दिनको छलफल



काठमाडौं ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको दोस्रो दिनको छलफल पनि सकिएको छ ।

करीब डेढ घण्टा लामो छलफलपछि प्रधानमन्त्री ओली होटल मेरियटबाट बाहिरिएका छन् । ओली र नेपालबीच वार्ता भएको बिहीवार लगातार दोस्रो दिन हो ।

बिहीवार होटल पुगेपछि प्रधानमन्त्री ओली र नेता नेपालले झ्यालबाट धरहराको दृश्यावलोकन पनि गरेका थिए ।

भेटमा के कस्तो कुराकानी भयो भन्ने सार्वजनिक हुन सकेको छैन । यसअघि बुधवारको भेटमा दुवै जनाले आ-आफ्नो पुरानै अडान दोहोर्‍याएका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०७८ बिहिबार ००:००  ४ : २९ बजे