काठमाडौँ ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बिहीबार पनि भेटवार्ता हुने भएको छ ।
नक्सालस्थित मेरियट होटलमा दिउँसो दुई बजेपछि उनीहरूबीच ‘वान टु वान’ वार्ता हुन लागेको नेता रघुजी पन्तले जानकारी दिए । ओली र नेपालबीच बुधबार साँझ पनि मेरियटमै करिब दुई घण्टा ‘वान टु वान’ वार्ता भएको थियो । निकटस्थ नेताहरूका अनुसार भेटमा दुवै पक्ष आ–आफ्नो अडानमा रहेपछि कुनै सहमति हुन सकेको थिएन । तर, भेटघाट तथा छलफललाई भने निरन्तरता दिने सहमति भएको उनीहरूको भनाइ छ ।
बिहीबार ओलीसँग भेट्न जानुअघि नेपालले आफूनिकट नेताहरूसँग बुधबार ओलीसँग भएको कुराकानीबारे ब्रिफिङ गर्नुका साथै आफूहरूलाई सोधिएको स्पष्टीकरणको जवाफ दिनेबारे छलफल गरेका थिए ।
९ बैशाख २०७८ बिहिबार ००:००
28
Shares
प्रतिक्रिया