एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी उपाधि नजिक पुगेको छ । बुधबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई २(१ गोलले पराजित गरेको सिटी केही खेल बाँकी रहँदै उपाधि नजिक पुगेको हो ।
बुधबार भएको खेलमा एस्टनको मैदानमा सुरुवाती अग्रता घरेलु टोलीले बनाएको थियो । खेलको पहिलो मिनेटमै जोन म्याकगिनले गोल गर्दै एस्टनलाई १(० को अग्रता दिलाएका थिए ।
२२औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई १(१ को बराबरीमा फर्काए । ४०औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई २(१ को जित दिलाए ।
यस जितसँगै सिटीले लिगमा ११ अंकको अग्रता बनाएको छ । सिटीले ३३ खेलमा ७७ अंक जोडेको छ । दोस्रो स्थानको युनाईटेडको ६६ अंक रहेको छ । एस्टन ४४ अंक जोडेर ११औँ स्थानमा छ ।
प्रतिक्रिया