काठमाडौँ ।
आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा सनराइजर्सले किंग्स इलेभेन पञ्जाबलाई ९ विकेटले हराउँदै पहिलो जित हात पारेको हो ।
१ सय २१ रनको सामान्य लक्ष्य सनराईजर्सले ८ बल अगावै मात्र १ विकेट गुमाएर पुरा गर्यो । सनराइजर्सको जितमा जोनी बेयरस्ट्रोले ६३ रनको अविजित ईनिङ्स खेले । डेविड वार्नरले ३७ रन बनाए ।
यसअघि चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय २० रन बनायो ।
पन्जाबका लागि मायांक अग्रवाल र शाहरुख खानले समान २२र२२ रन जोडे । क्रिस गेलले १५ रन जोड्दा मोइसेस हेन्रिक्सले १४ रन बनाए । दिपक होडा १३ रनमा आउट भए ।
पन्जाबलाई सस्तैमा रोक्न हैदरावादका खलिल अहमेदले ३ विकेट लिए । अविशेक शर्माले २ विकेट लिएका थिए ।
जितसँगै सनराइजर्स ४ खेलबाट २ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ । पञ्जाब समान अंकसहित तालिकाको पुछारमा छ ।
प्रतिक्रिया