९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

११ अरब २५ करोडको ‘सौर्य मेघा परियोजना’ को आज बाणगंगामा सम्झौता हुँदै, छायो खुसीयाली



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाको मुहार फेरिने भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको ११ अरब २५ करोडको सौर्य मेघा परियोजना नगरको वडा नम्बर ७ मा बन्ने भएपछि सिंगो बाणगंगाको मुहार फेरिने निश्चित भएको हो । चीन सरकारको प्यारामेन्ट, कम्पनी राइजेन इनर्जी लिमिटेडले बनाउन लागेको सो परियोजनामा विहीबार (आज) विहान ९ बजे बाणगंगा नगरपालिकामा हस्ताक्षर हुँदै छ ।

हस्ताक्षर गर्न चीन सरकारबाट निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर मिस्टर वाङ, म्यानेजिङ डाइरेक्टर मिस्टर जोउ र नेपालका प्रतिनिधि राइजोन प्रतिनिधि छविलाल सिटौला बाणगंगा आउनु हुने छ भने बाणगंगाको तर्फबाट मेयर मंगल थारुले हस्ताक्षर गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ । सौर्य मेघा परियोजनाबाट १ सय २५ मेगावट सौर्यविद्यूत उत्पादन हुने छ २० मेगावाट स्टोरजेव क्षमताले बाणगंगा नगरपालिका जुनसुकै स्थितिमा पनि लोडसेडिङ नहुने बताइएको छ ।

यो योजना बढीमा ३ बर्षभित्र बनाएर सकिने छ । नेपाल सरकारले पनि काम गर्न निर्माणमा कम्पनीलाई अनुमति दिइसकेकोले नगरसंगको सम्झ्यौतापछि तुरुन्त काम सुरु हुने कम्पनीका प्रोजेक्ट म्यानेजर मिस्टर वाङले जनाउनु भयो ।

सो परियोजना वडा नम्बर ७ को सारेको खारखानी पार्क र पिक्नीक स्पोट नजिक बन्ने भएपछि वडाबासी धेरै खुसी भएको वडाध्यक्ष विष्णु गिरीले बताउनु भयो । नगर प्रमुख मंगल प्रसाद थारुले यो नगरको लागि सबैभन्दा ठुलो उपलब्धि हुने मायादेवीसंग बताउनु भयो ।

२०७७ असार ५ गते बसेको लगानी बोर्डको ४४ औँ बैठकले कम्पनीलाई सम्भाव्यता अध्ययनको अनुमति दिने निर्णय गरेको थियो । यो परियोजनाको लागि यस क्षेत्रकै पुराना वामपन्थी नेता लक्ष्मण रायमाझीले मुख्य पहल गर्नु भएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७८ बिहिबार ००:००  ६ : २९ बजे