९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

संघको भित्तेपात्रो विमोचन, प्रेस सल्लाहकारमा पौडेल नियुक्त



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा प्रकाशित गरिएको भित्तेपात्रोको एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।

उद्योग बाणिज्य संघको सभाहलमा मंगलबार पात्रो विमोचन गरिएको हो । विगतका बर्षहरुमा जस्तै यस बर्षपनि कपिलवस्तु उद्योग वाणिज्य संघले नयाँ बर्षको शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन गरेको संघले जनाएको छ ।

भित्तेपात्रो विमोचन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले कपिलवस्तु उद्योग बाणिज्य संघ राष्ट्रको चिनारी बनेको बताउनुभयो । बाणगंगा सम्भावनाको खानी भएको भन्दै सांसद पन्थीले यस क्षेत्रमा निजि लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।

तुलनात्मक रुपमा बुटवल, भैरहवाको भन्दा जग्गा जमिन बाणगंगामा उद्योगको लागि प्रयाप्त संम्भावना रहेको भन्दै नगरपालिका संगको समन्वयमा बाणगंगामा लगानी सम्मेलन गर्न सकेमा समृद्ध बाणगंगा बन्न समय नलाग्ने बताउनुभयो ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले कपिलवस्तु उद्योग बाणिज्य संघ र बाणगंगा नगरपालिकाको सहकार्य अत्यन्त सुमधुर रहेकाले बाणगंगाको महत्व अझै बढेको बताउनुभयो । रोजगारी सिर्जना गर्ने काममा कपिलवस्तु उद्योग बाणिज्य संघ लागि परिरहोस भन्दै नगर प्रमुख थारुले नगरपालिकाले रोजगारीका लागि पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कपिलवस्तु उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष उमानाथ पौडेल, संघका बर्तमान अध्यक्ष डोलकराम घिमिरेले आ–आफ्नो भनाई राख्दै नब वर्षको सम्पुर्णमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

पात्रो प्रकाशन संयोजक तुल्सीराम घिमिरेको अध्यक्षता रहेको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष छवि रेश्मीको स्वागत तथा संघका महासचिव मनोज पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रेस सल्लाहकारमा पौडेल नियुक्त
कपिलवस्तु उद्योग बाणिज्य सघंको प्रेस सल्लाहकारमा पत्रकार अशोक पौडेल मनोनित हुनुभएको छ । आज बसेको तेस्रो पुर्ण बैठकले पौडेललाई प्रेस सल्लाहकारको जिम्मेवारी प्रदान गरेको हो ।

त्यस्तै बैठकले अन्य बिभिन्न पदमा मनोनित समेत गरेको छ । जसमा कार्यसमितिको बिशिष्ठ सदस्यमा पूर्व अध्यक्ष समेत रहेका बिष्णु प्रसाद न्यौपाने, सदस्यमा गजेहडाका लक्ष्मण शर्मा, बनगाईका राजकुमार श्रेष्ठ र कुशल पौडेल, जितपुरकी बिमला श्रेष्ठ र ओदारीका धिरेन्द्र अधिकारी मनोनित हुनुभएको छ ।

त्यस्तै कानुनी सल्लाहकारमा गुणनिधि भुसाल, लेखा समिति संयोजकमा मोहन न्यौपाने, लेखा समिति सदस्यमा लिलापति घिमिरे र सुधामा बस्याललाई मनोनित गरिएको हो ।

यसैबीच सल्लाहकारमा कृष्णराज अर्याल मनोनित भएको कपिलवस्तु उद्योग बाणिज्य सघंका महासचिव पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ बैशाख २०७८ बुधबार ००:००  ७ : ४१ बजे